दफा ३७क
धनादेश सञ्चालन कोष
: (१) नेपाल सरकारले धनादेश रकमको भुक्तानी दिने प्रयोजनको
लागि धनादेश सञ्चालन कोष (रिभल्भिङ फण्ड) स्थापना गर्न सक्नेछ ।
(२) धनादेश सञ्चालन कोषमा नेपाल सरकारले जम्मा गरिदिएको रकम र अन्य तोकिए बमोजिमका रकमहरु रहनेछन्।
(३) धनादेश सञ्चालन कोषको सञ्चालन कार्यविधि तोकिए बमोजिम हुनेछ ।